logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • तेञ्जिङ लामा बने यामाहाको ‘२०७९X१००० गुणाले खुसी बढाउँनुहोस्’ अफरका बम्पर विजेता

    तेञ्जिङ लामा बने यामाहाको ‘२०७९X१००० गुणाले खुसी बढाउँनुहोस्’ अफरका बम्पर विजेता

    1.9K
    SHARES
    तेञ्जिङ लामा बने यामाहाको ‘२०७९X१००० गुणाले खुसी बढाउँनुहोस्’ अफरका बम्पर विजेता

    काठमाण्डौ । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९X१००० गुणाले खुसी बढाउँनुहोस्’ को विजेता घोषाण गरेको छ । उक्त अफरको विजेता काठमाडौँ निवासी तेञ्जिङ लामा भएका छन् । हिमालयन टिभीमार्फत् प्रत्यक्ष प्रसारण गरिएको बिजेता घोषणामा ‘लक्की ड्र’मार्फत् लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २०लाख ७९ हजारको चेक यामाहा शोरुम, तिर्पुरेश्वरबाट हस्तान्तरण गरेको छ ।



    कम्पनीको अनुसार नेपालमा सार्वजनिक गरिएको अफरहरूमध्ये अहिलेसम्मकै सबैभन्दा भारी नगद राशि भएको उक्त नयाँ वर्ष अफर चैत ०१ गतेबाट जेठको दोस्रो हप्तासम्म चलाइएको थियो । यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन कम्पनीको अधिकारिक शोरूमबाट खरिदपश्चात स्योरसट २०७९×४= ८ हजार ३१६ देखि २०७९×१००= २ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्ने मौका पनि प्रदान गरिएको थियो । कम्पनीका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा दैनिक रूपमा खेलाइएको डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जितेका थिए ।

    बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लू इण्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सिसिको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर (औसतमा) माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ । यसैगरी, ग्राहकहरूको खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेको यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले व्यक्त गरे , र आउँदै गरेको नेपालीहरूको महान चाडपर्व दसैँ/तिहारलाई अझ उत्सवमय एवम् बृहत् बनाउनका निम्ति यस्तै आकर्षक अफरका लागि कम्पनीले तयारी गरिरहेको पनि क्षेत्रीले बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट