logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

    राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

    2.4K
    SHARES
    राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

    काठमाण्डौ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ।



    एक समारोहबीच एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेका हुन्। शाखा कार्यालय धुलिखेल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ।

    बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रम उप प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए। सो अवसरमा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, सुरक्षा निकायमा प्रमुखहरु, पत्रकार महासंघ काभ्रेका उप सभापति विनोद न्यौपाने, बैकका विभागीय प्रमुख दुर्गा कुमारी कंडेल, बागमती प्रादेशिक प्रबन्धक ध्रुवप्रसाद अर्याल, शाखा कार्यालय धुलिखेलका शाखा प्रबन्धक ईश्वरी ढुङ्गेल, बनेपाका शाखा प्रबन्धक जगन्नाथ अधिकारी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

    बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट