logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सनराइज बैंकले तरलता अभावको बीचमै भित्र्यायो वैदेशिक ऋण

    सनराइज बैंकले तरलता अभावको बीचमै भित्र्यायो वैदेशिक ऋण

    1.9K
    SHARES
    सनराइज बैंकले तरलता अभावको बीचमै भित्र्यायो वैदेशिक ऋण

    काठमाण्डौ । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतीसँगै सिम्बायोटिक्स एसए जेनेभा स्वीट्जरल्याण्डबाट ३ वर्षको लागि रु २ अर्ब ३७ करोड (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्र्याएको छ।



    देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने बैंकले जनाएको छ। भित्र्याएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ। उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ।

    सिम्बायोटिक्स एसएले राइज बैंकको वित्तीय सूचकांक,बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका,पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकांकलाई समेत मध्यनजर गरि सो ऋण प्रदान गरेको बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट