logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • टेलिकमको महसुल दरमा आइतबारदेखि नयाँ दर लागू हुने

    टेलिकमको महसुल दरमा आइतबारदेखि नयाँ दर लागू हुने

    3.1K
    SHARES
    टेलिकमको महसुल दरमा आइतबारदेखि नयाँ दर लागू हुने

    काठमाण्डौ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा साउन १ गतेदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आइतबारदेखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो।



    कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भोइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ। आइतबारदेखि हुने समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ। पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भोइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ। त्यसैगरी, कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन्।

    यस अनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन्। यस बाहेकका डाटा प्याकेज, भोइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ। उदाहरणको लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ।

    त्यस्तै, सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ। यसैगरी, पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ। समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।

    त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत् यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले बताएका छन्।


    अर्थ चाैतारी
  • शनिबार, ३२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट