logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • ज्योति लाइफसँगको मर्जरका लागि सूर्या लाइफकाे विशेष साधारणसभा आह्वान

    ज्योति लाइफसँगको मर्जरका लागि सूर्या लाइफकाे विशेष साधारणसभा आह्वान

    1.9K
    SHARES
    ज्योति लाइफसँगको मर्जरका लागि सूर्या लाइफकाे विशेष साधारणसभा आह्वान

    काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्ससँगैको मर्जर प्रक्रियालाई स्वीकृत गर्न सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा डोकेको छ। कम्पनीले यही साउन १९ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बजरंगबलीमार्गस्थित होटेल हैरिसन प्यालेसमा बिहान ११ बजेबाट हुनेछ।



    सभाले सूर्या लाइफ र ज्योति लाइफबीचको मर्जर सम्बन्धमा मर्जर समितिबाट पेस भएका प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौतापत्रमा हस्ताषर गर्न अख्यिारी प्रदान गर्ने तथा सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिसमष निवेदन दिने, सेयर कारोबार रोक्का लागि पत्राचार गर्ने विषयमा भएको सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ।

    सभाले कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांक कार्य (डीडीए) गर्नका लागि सञ्चालक समितिबाट मूल्यांकनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी भएको निर्णय अनुमोदन गर्नेछ। मर्जरसम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।


    अर्थ चाैतारी
  • बुधबार, ४ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट