logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • अन्नपूर्ण केबलकारको मनसुन अफर, केबलकारमा २०% छुट

    अन्नपूर्ण केबलकारको मनसुन अफर, केबलकारमा २०% छुट

    1.6K
    SHARES
    अन्नपूर्ण केबलकारको मनसुन अफर, केबलकारमा २०% छुट

    काठमाण्डौ । पोखराको अन्नपूर्ण केबलकारको नियमित मर्मत तथा सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै मिति श्रावण ६ गते देखि संचालनमा आउने भएको छ ।



    केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि श्रावण ६ गते देखि भाद्र ३१ गते सम्म २०% प्रतिशत छुट दिने भएको छ ।पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटमा श्रावण महिनामा श्री कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरवारसम्मको पैदल यात्रा गर्न सकिनेछ ।

    साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासंगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुबिधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चारै तर्पmको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव लिन सकिनेछ । साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ ।

    पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईड देखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ः०० बजे देखि सांझ ६ः०० बजे सम्म नियमित रुपमा संचालन हुनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट