logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • गुराँस लाइफले एकैदिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

    गुराँस लाइफले एकैदिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

    2K
    SHARES
    गुराँस लाइफले एकैदिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

    काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन दुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ।



    कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका–१ बस्ने शेष अनसारुल हकको मृत्यु दाबीबापतको रकम १३ लाख रुपैयाँबराबरको चेक उनले इच्छाइएका व्यक्ति श्रीमती समसा खातुनलाई हस्तान्तरण गरेका छन्। यसका साथै तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका-२ बस्ने ३५ वर्षीय हेमराज लिम्बूको मृत्यु दाबीबापतको रकम १३ लाख रुपैयाँको चेक उनकी हकवाला श्रीमती कौशिला लिम्बूलाई हस्तान्तरण गरिएको छ।

    प्रमुख कार्यकारी अधिकृत लालले बीमा समितिले आव २०७८/७९ लाई बीमा दाबी भुक्तानी बर्ष घोषित गरेको र सोहीअनुरुप कम्पनीले आव २०७८/७९ मा दर्ता भएका सम्पूर्ण मृत्यु दाबी फर्छ्यौट गरेको बताए। चालु आवमा पनि सोही अभियानलाई निरन्तरता दिने उनले प्रतिबद्धतासमेत व्यक्त गरे।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट