काठमाण्डौ । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपालिका लाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुटरहरु हस्तान्तरण गरेका छ। स्कुटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेका हो। आईएमई इलेक्ट्रिक प्रा.लि राफ्ट इलेक्ट्रिक स्कुटरहरु नेपालको लागि आधिकारिक विक्रेता हो।
नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो। एक पटक फुल चार्जमा १०० कि मि रेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ। अधिकतम किमि, बलियो बनावट साथै अधिक पर्फमेन्स दिनसक्ने भएकाले सो स्कुटरहरु खरिद गरिएको नगरपालिकाले बताएको छ। भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन्।
कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्म समेत रहेको छ। सेगमेटकै अधिकतम ३२० किमि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ। ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताए। नगर प्रहरी प्रमुख सिताराम हाछेथुले स्कुटरले निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए।
अर्थ चाैतारी ।