logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी

    दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी

    2.1K
    SHARES
    दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्न साझेदारी

    काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ।



    आफ्नो अर्डरका लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रिपेमेन्टमा रुपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिटकार्डको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन्।

    यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको छ। ‘नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल सपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकलाई थप डिजिटल भुक्तानी विधिहरु छनौट गर्न प्रोत्साहित गर्न नेप्ससँगको हाम्रो साझेदारीप्रति हामी उत्साहित र आशावादी छौँ’, फुयाँलले भने।

    ग्राहकलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्विच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंक र डिजिटल वालेटसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ। दराजले धेरै बैंकसँग साझेदारी गरेको छ, जसले ग्राहकलाई तोकिएको बैंक दिनमा ती बैंकमार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न अनुमति दिनेछ।

    ग्राहकले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरु प्रयोग गर्न सक्नेछन्। संकलित भौचरहरु चेकआउटको समयमा स्वचालित रुपमा लागू हुनेछन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट