काठमाण्डौ । आज शुक्रबार बिहान नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै छ।
बैठकले पास गरेको खण्डमा आजै दिउँसो मौद्रिक नीति सार्वजनिक हुनेछ। त्यसका लागि राष्ट्र बैंक सञ्चालक समितिको बैठक अहिले बिहान ८ बजे सुरु हुने गभर्नरको सचिवालयले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको समेत भूमिकामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार मौद्रिक नीतिको ब्रिफिङ गरेका थिए। मौद्रिक नीतिमा समावेश विषय अर्थात् मौद्रिक नीतिका उद्देश्यहरुबारे गभर्नरले अर्थमन्त्री समेत रहेका प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।
गत वर्ष ढिला गरी मौद्रिक नीति आएको थियो। अध्यादेशमार्फत आएको बजेट संशोधनको तयारी भइरहेको भन्दै गत वर्ष मौद्रिक नीति ढिला गरिएको थियो। यस वर्ष साउन १/२ गते नै मौद्रिक नीति ल्याउने भनिए पनि एमाले पाटीसँग गभर्नर अधिकारीको नाम जोडिएर विवाद भएपछि ढिला भएको हो।
अर्थ चाैतारी ।