logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सिन्धु विकास बैंकको एजीएमबाट मर्जरमा जाने ढोका खुला

    सिन्धु विकास बैंकको एजीएमबाट मर्जरमा जाने ढोका खुला

    1.9K
    SHARES
    सिन्धु विकास बैंकको एजीएमबाट मर्जरमा जाने ढोका खुला

    काठमाण्डौ । सिन्धु विकास बैंकले मर्जरमा जाने ढोका खुला गरेको छ। काभ्रेको धुलिखेलमा आज सम्पन्न बैंकको १२ औँ वार्षिक साधारणसभाले मर्जरमा जाने ढोका खुला गरेको हो।



    सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने विशेष प्रस्ताव अनुमोदन गरेको छ। यो प्रक्रिया अगाडि बढाउन आवश्यक सम्पूर्ण गतिविधि तथा कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावेजहरु अनुमोदन गरेको छ।

    सभाले सर्वसाधारण समूहका तर्फबाट आगामी ४ वर्षका लागि सञ्चालकहरुमा सञ्जीव प्रधान, समीर कक्षपती र वसन्तकुमार कटुवाललाई निर्विरोध निर्वाचित गरेको छ। सभामा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आगामी दिनहरुमा बागमती प्रदेशकै अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजानका लागि गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्दै बैंकको लक्ष्य प्राप्तिमा लागि आवश्यक रणनीतिहरु लिइने जानकारी गराए।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट