logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • नेपाल एसबिआई बैंक र हेफर इन्टरनेसनलबीच महिला उद्यमी तथा साना किसानका लागि मूल्य शृंखलामा लगानी गर्ने सम्झौता

    नेपाल एसबिआई बैंक र हेफर इन्टरनेसनलबीच महिला उद्यमी तथा साना किसानका लागि मूल्य शृंखलामा लगानी गर्ने सम्झौता

    2.5K
    SHARES
    नेपाल एसबिआई बैंक र हेफर इन्टरनेसनलबीच महिला उद्यमी तथा साना किसानका लागि मूल्य शृंखलामा लगानी गर्ने सम्झौता

    काठमाण्डौ। नेपाल एसबिआई बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ।



    हेफर इन्टरनेसनल एसियाका वरिष्ठ कार्यक्रम निर्देशक निना तथा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको संयुक्त उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रहरु जस्तै– बाख्रापालन, गाइपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न महिला उद्यमी तथा साना किसानलाई सहज ढंगले वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेसनलीच सम्झौता भएको छ। यस साझेदारीको मुख्य उद्देश्य युवा तथा महिला उद्यमी र साना किसानको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ।

    उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानीय सरकार पनि आबद्ध छन्। कृषि सहकारी वा स्थानीय सरकारले उद्यमीहरुको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन्। यसका साथै समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ५१ जिल्लामा रहेका शाखा कार्यालयबाट फराकिलोे पहुँच रहेको नेपाल एसबिआई बैंकद्वारा उक्त सम्झौताअनुरुप करिब १ हजार ५०० उद्यमीलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिइएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट