logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • एक्सेल डेभलपमेन्ट बैंक अठारौँ वर्षमा प्रवेश

    एक्सेल डेभलपमेन्ट बैंक अठारौँ वर्षमा प्रवेश

    2.3K
    SHARES
    एक्सेल डेभलपमेन्ट बैंक अठारौँ वर्षमा प्रवेश

    काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोबार सञ्चालन सुरुआत गरेको अवधि १७ वर्ष पूरा गरी आज साउन ६ गतेबाट १८ वर्षमा प्रवेश गरेको छ।



    बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा साउन ५ गतेका दिन बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय रहेको स्थान झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न शुभेच्छुक व्यक्ति, संघसंस्थाका पदाधिकारी र बैंकका कर्मचारीबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई प्रदान गरिएको बैंकले जनाएको छ।

    आज साउन ६ गते वार्षिकोत्सवका दिन बिहान ७.०० बजे बैंकको केन्द्रीय कार्यालयमा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरुसहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ। वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा बिर्तामोडस्थित सिद्धार्थ होटेलमा आयोजना गरिएको थियो। बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा रहेका शाखा कार्यालयमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट