logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी र साना किसानलाई मूल्य शृंखलामा लगानी गर्ने सम्झौता

    प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी र साना किसानलाई मूल्य शृंखलामा लगानी गर्ने सम्झौता

    1.8K
    SHARES
    प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी र साना किसानलाई मूल्य शृंखलामा लगानी गर्ने सम्झौता

    काठमाण्डौ । प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेसनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।



    हेफर इन्टरनेसनल एसियाका वरिष्ठ कार्यक्रम निर्देशक निना जोशीको उपस्थितिमा बिहीबार (साउन ५ गते) आयोजित एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

    कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रहरु जस्तै– बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानलाई सहज ढंगले वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेसनल नेपालबीच उक्त सम्झौता भएको छ। यस साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ।

    उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानीय सरकार पनि आबद्ध रहेका छन्। कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरुको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन्। यसका साथै समाजमा उच्चस्तरिय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६२ जिल्लामा रहेका २१६ शाखा कार्यालय ६३ एक्सटेन्सन काउन्टर तथा १९४ एटीएमसहित फराकिलोे पहुँच रहेको प्रभु बैंकले उक्त सम्झौताअनुरुप करिब १ हजार ५०० उद्यमीलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट