logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • यामाहा नेपाल मार्फत मोटो जिपी हेर्न ४ जना नेपाली थाइल्याण्ड जानपाउने

    यामाहा नेपाल मार्फत मोटो जिपी हेर्न ४ जना नेपाली थाइल्याण्ड जानपाउने

    1.7K
    SHARES
    यामाहा नेपाल मार्फत मोटो जिपी हेर्न ४ जना नेपाली थाइल्याण्ड जानपाउने

    काठमाडौं । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी हेर्न चार जनालाई लैजाने भएको छ ।



    कम्पनीले असार ९ गतेबाट सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्कीमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत १ जना र बाइक र स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना विजेता छनोट गरी थाइल्याण्ड लैजान लागेको हो ।

    ‘रोड टू मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीहरूलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको दूर्लभ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याइएको स्कीम रहेको कम्पनीले जनाएको छ । कम्पनीले चारजना विजेताहरूका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि बेहोर्ने जनाएको छ ।

    स्कीममा सहभागी हुन मानिसहरूले साउन मसान्तसम्ममा कम्पनीको आधिकारिक शोरूममा आई फारम भरिसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार लक्की ड्र मार्फत् विजेताहरू छनोट गरिने कार्यक्रम भदाैमा राखिएको छ । यस वर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा भाद्र १४ देखि १७ सम्म हुँदैछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट