logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाइग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

    बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाइग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

    1.7K
    SHARES
    बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाइग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

    काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालबीच व्यावसायिक सम्झौता भएको छ।



    बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतापश्चात् ग्राहकहरुले बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्यसम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउने जनाइएको छ।

    उक्त छुटको उपयोग गर्न ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाडौंको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।

    हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ८ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट