logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • दुई लाख केजी अवैध सुपारीसहित भारतीय आठ वटा ट्रक नियन्त्रणमा

    दुई लाख केजी अवैध सुपारीसहित भारतीय आठ वटा ट्रक नियन्त्रणमा

    1.5K
    SHARES
    दुई लाख केजी अवैध सुपारीसहित भारतीय आठ वटा ट्रक नियन्त्रणमा

    मोरङ । विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेका भारतीय आठ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जनाएअनुसार बिहीबार राति १०ः३० बजेकाे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ती भारतीय ट्रक नियन्त्रणमा लिएको हो।



    यसरी नियन्त्रणमा लिएकामा एमपी ०९ एचजी ८३२०, एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८, युपी ६२ सिटी ०६२७ र युपी ४५ टिआई ६२४ नम्बरका ट्रकबाट दुई लाख १९ हजार ५९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो।

    अवैध सुपारीसहित नियन्त्रणका लिएका आठ वटा ट्रकहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ८ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट