logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • स्तरोन्नति सहितको गरिमा विकास बैंकको मोबाइल बैंकिङ एप ‘डिजी बटुवा’ सार्वजनिक

    स्तरोन्नति सहितको गरिमा विकास बैंकको मोबाइल बैंकिङ एप ‘डिजी बटुवा’ सार्वजनिक

    1.7K
    SHARES
    स्तरोन्नति सहितको गरिमा विकास बैंकको मोबाइल बैंकिङ एप ‘डिजी बटुवा’ सार्वजनिक

    काठमाण्डौ । गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवासुविधासहित पुरानो मोबाइल बैंकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ।



    यससँगै अब बैंकको मोबाइल बैंकिङ एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजी बटुवा’ भएको छ। ‘डिजी बटुवा’ अन्तर्गत बैंकका ग्राहकले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरी विभिन्न सुविधा प्रयोग गर्न पाउनेछन्। जसअन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, ट्राफिक चिट आदि), मोबाइल टप–अप, बैंक इस्टेटमेन्ट, चेक इस्टेटमेन्ट रिक्वेस्ट, क्यूआर पेमेन्ट इत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन्।

    यसका साथै स्तरोन्नतिपश्चात बैंकको मोबाइल बैंकिङ एप ‘डिजी बटुवा’ अझ बढी सुरक्षित एवं ग्राहकमैत्री भएको छ। बैंकका ग्राहकले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा पछिल्लो वर्ष पनि बिनाचेकबुक शाखाबाट मोबाइल बैंकिङमार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो। हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैंकिङ सेवा दिँदै आइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ८ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट