logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • हरेक वर्ष १ हजार नयाँ उद्योग खोल्ने वातावरण बनाउने परिसंघको घोषणा

    हरेक वर्ष १ हजार नयाँ उद्योग खोल्ने वातावरण बनाउने परिसंघको घोषणा

    1.8K
    SHARES
    हरेक वर्ष १ हजार नयाँ उद्योग खोल्ने वातावरण बनाउने परिसंघको घोषणा

    काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले हरेक वर्ष १ हजार नयाँ उद्योग दर्ताको वातावरण बनाउने गरी काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको १९ औँ साधारण सभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने गरी काम गर्ने बताएका हुन् ।



    ‘मेक इन नेपाल’ अभियानमार्फत् देशमा उत्पादनमूलक उद्योगको संख्या बढाउन पहल गर्ने अग्रवालले बताए । ‘कोरोना महामारीका क्रममा अर्थतन्त्र चलायमान हुन नसक्दा यसको असर अर्थतन्त्रमा परेको छ,’ उनले भने ‘लगानी विस्तार हुन नसक्दा मागमा निरन्तर गिरावट आउने र त्यसले अर्थतन्त्रमा थप जोखिम पर्न सक्छ ।’अब ५ वर्षमा ४.६ अर्ब अमेरिकी डलर बराबरको वस्तु तथा सेवा निर्यात हुने वातावरण निर्माण गर्ने र यसबाट कुल गार्हस्थ उत्पादनमा सहयोग पुग्ने उनको भनाइ छ ।


    अर्थ चाैतारी
  • सोमबार, ९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट