काठमाडौं । ‘नाडा अटो एक्सपो २०२२’ स्थगित भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएशनले यसपटकको एक्सोको स्थगित भएको जानकारी दिएको हो ।
यसअघि, नाडाले यही भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा एक्सपो गर्ने मिति तय गरेको थियो । जुन, स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सवारी साधनको आयात प्रतिबन्ध लगाएपछि यसपटकको एक्सपो नहुने बताइएको छ ।
सरकारले गत आर्थिक वर्षमा कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध चालू आर्थिक वर्षदेखि खुल्ने भनिएको थियो । तर, सरकारले सवारी साधनको आयात झन लम्ब्याउँदै भदौ १४ गतेसम्म पुर्याएपछि एक्सपो स्थगित भएको हो ।
यस्तै, सरकारले १५० सीसीभन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाएको छ । सरकारको यस्तो निर्णयले नाडा एक्सपोको आयोजना रद्ध गर्नुपरेको नाडाले बताएको छ ।
अर्थ चाैतारी ।