logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउनेछ : पवन गोल्यान

    मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउनेछ : पवन गोल्यान

    2.1K
    SHARES
    मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउनेछ : पवन गोल्यान

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन् । अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताएका हुन् ।



    उनले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने बताए । अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै योभन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने बताए । उनले बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भएपनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था नभएको गुनासो गरे । अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई परिसंघले स्वागत गर्ने बताए । उनले परिसंघले सोचेको जति अझ कसिलो मौद्रिक नीति नआएको बताए ।

    अध्यक्ष गोल्यानले मौद्रिक नीतिका धेरै राम्रा पक्षहरू रहेको भन्दै बैंक कर्जा बिस्तारलाई कसिलो बनाउनुको विकल्प पनि नभएको बताए । उनले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन सकेन भने १२ प्रतिशतको कर्जा बिस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गरे । अध्यक्ष गोल्यानले मौद्रिक नीतिमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य पूरा गर्न बैंकहरू राष्ट्र बैंकसँग हातेमालो गर्न तयार रहेको बताए । उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु जोगाएर नीति ल्याउन चुकेको टिप्पणी गरे । गोल्यानले शेयर बजारका लगानीकर्ता अब सकारात्मक हुनु पर्ने बताए । उनले शेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा साना लगानीकर्ताको लागि राम्रो भएको बताए ।

    अध्यक्ष गोल्यानले घरजग्गा कारोबारको लागि कर्जामा कसिलो बनाउनु सकारात्मक रहेको बताए । उनले घर जग्गा किनबेचको लागि बैंकहरुबाट कर्जा जानु नहुने बताए । गोल्यानले मौद्रिक नीतिले निर्यातलाई प्रोत्साहन दिएर नीति ल्याएता पनि सरकारको नीति निर्यात मैत्री नभएर आयात मैत्री रहेको बताए ।


    अर्थ चाैतारी
  • सोमबार, ९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट