logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२१’ अवार्डबाट सम्मानित

    सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२१’ अवार्डबाट सम्मानित

    2.1K
    SHARES
    सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२१’ अवार्डबाट सम्मानित

    काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्डबाट सम्मानित भएको छ।



    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२०–२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहीता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो। उक्त अवार्ड शुक्रबार काठमाण्डौको एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्धराज ओलीद्वारा संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरेका गरिएको थियो।

    योा अवार्डले बैंकलाई आगामी दिनमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले छ। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसिया फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागिसमेत प्रतिस्पर्धा गर्नेछ। सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पुर्याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्सटेन्सन काउन्टरसहित), ११७ शाखारहित बैंकिङ सेवा र २ हजारभन्दा बढी पीओएस् मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ सेवा प्रदान गर्दै आएको छ।

    यसका साथै बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न बैंकिङ सुविधा सरल एवं ग्राहकमैत्री ढंगले प्रवाह गर्दै आएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट