logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • स्थानीय चुनावमा एक मतदाता बराबर २ सय ८४ रुपैयाँ खर्च, कुन शीर्षकमा कति खर्च ? (विवरणसहित)

    स्थानीय चुनावमा एक मतदाता बराबर २ सय ८४ रुपैयाँ खर्च, कुन शीर्षकमा कति खर्च ? (विवरणसहित)

    2.3K
    SHARES
    स्थानीय चुनावमा एक मतदाता बराबर २ सय ८४ रुपैयाँ खर्च, कुन शीर्षकमा कति खर्च ? (विवरणसहित)

    काठमाण्डौ । गत स्थानीय तहको चुनावमा निर्वाचन आयोगले ५ अर्ब ४ करोड, ३ लाख ९२ हजार ८ सय ७६ रुपैयाँ खर्च गरेको छ । सरकारलाई ३ अर्ब ६ करोड, ९६ लाख ७ हजार १ सय २४ रुपैयाँ फिर्ता पठाएको छ ।



    आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा गत निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको हो । आयोगले यसअघि भएका निर्वाचनका तुलनामा निकै मितव्ययी खर्च भएको दावी गरेको छ । स्थानीय तहको निर्वाचनमा प्रति मतदान केन्द्र खर्च रु. २ लाख २९ हजार ५ सय ७८ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । सो निर्वाचनमा प्रतिमतदाता खर्च २ सय ८४ रुपैयाँ पर्न आएको आयोगले बताएको छ ।

    यस्तो छ स्थानीय चुनावमा आयोगले गरेको आय–व्यय विवरण:
    खर्च व्यवस्थापन
    नेपाल सरकारबाट निकासा भएको रकम : रु.८ अर्ब ११ करोड
    आयोगको सचिवालयबाट भएको खर्च : रु.१,०२,६३,१२,१२९।–
    मुख्य/निर्वाचन अधिकृतको कार्यालय : (७५३) बाट भएको खर्च : रु.३,५४,१२,७३,६१७।–
    निर्वाचन कार्यालय (७७) बाट भएको खर्च : रु.४१,३३,०७,१३०।–
    गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानी खर्च : रु.४,५०,००,०००।–
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत भएको खर्च : रु.१,४५,००,०००।–
    कुल खर्च : रु.५,०४,०३,९२,८७६।–
    नेपाल सरकारमा फिर्ता रकम : रु. ३,०६,९६,०७,१२४।–

    स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भएको कुल खर्चमध्ये २०.३६ प्रतिशत आयोगको सचिवालयबाट भएको छ भने बाँकी रकम विकेन्द्रीकृत ढंगले विभिन्न मन्त्रालय र अन्य कार्यालयबाट खर्च भएको आयोगले जनाएको छ ।

    खर्च व्यवस्थापनको तुलनात्मक अवस्था
    संविधानसभा निर्वाचन, २०७० मा आन्तरिक र बाह्य स्रोत गरी रु. ५,९८,८९,९५,०८०।– खर्च भएकोमा प्रतिमतदान केन्द्र खर्च रु. ३,१८,९८८ भएको थियो । यो निर्वाचन प्रतिमतदाता खर्च रु. ४९३ पर्न गएको आयोगले जनाएको छ । यस्तै स्थानीय तह निर्वाचन, २०७४ मा आन्तरिक र बाह्य स्रोत गरी जम्मा रु ७,१५,७७,१९,९६२।– खर्च हुँदा प्रतिमतदान केन्द्र खर्च ३,८५,३८३।– र प्रति मतदाता खर्च रु. ५०९।– भएको आयोगको भनाइ छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७४ मा आन्तरिक स्रोतबाट रु.७,८०,१४,४९,१२१।– खर्च भएको थियो भने बाह्य स्रोतबाट प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको थियो । उक्त निर्वाचनमा प्रतिमतदान केन्द्र खर्च रु. ३,९३,८३४।– भएकोमा प्रतिमतदाता खर्च रु.५०६ रहेको आयोगले जनाएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा आन्तरिक स्रोतबाट रु.५,०४,०३,९२,८७६।– खर्च भएको थियो । बाह्य स्रोतबाट सामान्य प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको थियो ।

    यस निर्वाचनमा प्रतिमतदान केन्द्र खर्च रु. २,२९,५७८।– भएको थियो भने प्रतिमतदाता खर्च रु २८४।– पर्न आएको छ । यसको आधारबाट स्थानीय तह सदस्य निर्वाचन, २०७९ पछिल्ला निर्वाचनहरूको तुलनामा सबैभन्दा मितव्ययी निर्वाचन हुन गएको आयोगको भनाइ छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १० साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट