काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले एक वर्षमा २ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ। आफ्नो नाफामा यस बैंकले ५१ दशमलव ८७ प्रतिशत वृद्धि गरेको हो।
अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँबराबरको नाफा कमाएको थियो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा निक्षेप संकलन १ खर्ब ३४ अर्ब र कर्जा लगानी १ खर्ब २१ अर्ब भएको देखिएको छ।
बैंकको खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको हो। बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १२ रुपैयाँ३२ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १८ रुपैयाँ १५ रुपैयाँ पुगेको छ।
यो अवधिमा त्यस्तै, सञ्चालन नाफा ३९ प्रतिशतले बढेर २ अर्ब ६७ करोड रुपैयाँ देखिएको हो। बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ। बैंकको जगेडा कोषको रकम २२ दशमलव ९ प्रतिशतले बढेर ५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। निष्कृय कर्जा१ दशमलव ९३ प्रतिशत पुगेको छ ।
अर्थ चाैतारी ।