logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर सञ्चालनमा, रु. १ लाखसम्म जित्ने मौका

    ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर सञ्चालनमा, रु. १ लाखसम्म जित्ने मौका

    1.7K
    SHARES
    ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर सञ्चालनमा, रु. १ लाखसम्म जित्ने मौका

    काठमाण्डौ । नेपाली पुँजीबजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।



    यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले आफ्ना हितग्राही सदस्यका लागि यही साउन महिनादेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्याटिभल अफर’ सञ्चालनमा ल्याएको छ,। यो योजना साउन महिनादेखि कात्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुनेछ।

    यस क्यासटिभल अफरअन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १ लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ। योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटलको प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गर्नुपर्नेछ र सोमा रजिस्टर गरी आफ्नो डिम्याट खाता लिंक र कनेक्ट गर्नुपर्नेछ।

    यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु. ५ हजार, रु. ३ हजार, रु. २ हजार जित्न सक्नेछन् भने बम्पर योजनामा सम्पूर्ण सहभागीमध्ये एकजना भाग्यशाली विजताले रु. १ लाख जित्न सक्नेछन्। यो योजना हालसम्म एप डाउनलोड गरेका हितग्राहीको हकमा समेत लागू हुनेछ।


    अर्थ चाैतारी
  • बुधबार, ११ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट