logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • बीवाइडी गाडीको मूल्य बढ्यो

    बीवाइडी गाडीको मूल्य बढ्यो

    1.9K
    SHARES
    बीवाइडी गाडीको मूल्य बढ्यो

    काठमाण्डौ । बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने हुँदा कम्पनीले सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतले महँगो भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ ।



    कम्पनीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेको छ। साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएको छ ।

    साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘ हामीले सन् २०२१ मा नेपालमा बीवाइडी इ सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौँ, निरन्तर त्यसमै विक्री गरिरहेका थियौँ । तर, पछिल्लो १५र१६ महिनामा डलरको एक्सचेन्ज रेटमा व्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो ।’ सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बस्नु भएका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन सक्ने छन्।


    अर्थ चाैतारी
  • बुधबार, ११ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट