logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठद्वारा सपथ ग्रहण

    लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठद्वारा सपथ ग्रहण

    2.1K
    SHARES
    लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठद्वारा सपथ ग्रहण

    काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगानासमक्ष आज सपथ ग्रहण गरेका हुन्।



    श्रेष्ठले एमवीएसम्मको शिक्षा हासिल गरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल (साबिक नेपाल ग्रिन्डलेज बैंक) र माछापुच्छ्रे बैंकको उच्च व्यवस्थापन तहमा रही करिब २ दशक नेपालको बैंकिङ क्षेत्रमा सेवा पुर्याएका थिए। विगत ४ वर्षदेखि लुम्बिनी विकास बैंकको सञ्चालक रहँदै आएका श्रेष्ठको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिइएको छ।

    सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराको उपस्थिति थियो।


    अर्थ चाैतारी
  • बुधबार, ११ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट