logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • मस्कको स्टारलिंक इन्टरनेट अब विमान र पानीजहाजमा चलाउन पाइने

    मस्कको स्टारलिंक इन्टरनेट अब विमान र पानीजहाजमा चलाउन पाइने

    2.3K
    SHARES
    मस्कको स्टारलिंक इन्टरनेट अब विमान र पानीजहाजमा चलाउन पाइने

    काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको सञ्चार आयोगले बिहीबार अर्बपति इलोन मस्कको स्पेसएक्सलाई आफ्नो स्टारलिंक स्याटेलाइट इन्टरनेट सञ्जाल चलिरहेका साधनहरुमा प्रयोग गर्न अनुमति दिएको छ।



    योसँगै कम्पनीले आफ्नो ब्रोडब्यान्ड व्यावसायिक विमान र पानीजहाज तथा ट्रकहरुमा विस्तार गर्ने बाटो पनि खुल्ला भएको छ। स्टारलिंक पृथ्वीको कक्षमा घुम्ने इन्टरनेट बिमिङ स्याटेलाइट हो। ग्रामीण क्षेत्रलगायतमा यो इन्टरनेटको सजिलै प्रयोग गर्न सकिने भएकाले कम्पनीले आफ्ना ग्राहक बढाउन खोजिरहेको छ। त्यतिमात्रै नभई अटोमोटिभ, शिपिङ र हवाइ क्षेत्रमा यसको प्रयोग बढाउन कम्पनीले प्रयास गरिरहेको छ।

    स्पेसएक्सले यसको लागि गत वर्ष नै एफसीसीसँग अनुमति मागेको थियो। कक्षमा कम्पनीले २७ सयजति स्टारलिंक स्याटेलाइट पठाएको छ। सन् २०१९ यता पृथ्वीको तल्लो कक्षमा यी स्याटेलाइट पठाएको हो। यसका अहिले सयौँ हजार ग्राहक भइसकेका छन्। उनीहरुमध्ये धेरैले प्रतिमहिना ११० अमेरिकी डलर तिर्छन्। उनीहरुले ५९९ डलरको सेल्फ इन्स्टल टर्मिनल किट प्रयोग गर्छन्। अमेरिकी विमान कम्पनीहरुले इनफ्लाइट वाईफाईको लागि सम्झौता नै गरिरहेको बताइएको छ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, १७ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट