logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • वाणिज्य विभागले एकैसाथ थाल्यो देशव्यापी अनुगमन, एकै दिन ३४ कम्पनीलाई कारबाही

    वाणिज्य विभागले एकैसाथ थाल्यो देशव्यापी अनुगमन, एकै दिन ३४ कम्पनीलाई कारबाही

    2.8K
    SHARES
    वाणिज्य विभागले एकैसाथ थाल्यो देशव्यापी अनुगमन, एकै दिन ३४ कम्पनीलाई कारबाही

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एकसाथ देशव्यापी बजार अनुगमन सुरु गरेको छ । विभागले तीन सरकारको माध्यमबाट देशव्यापी अनुगमन थालेको हो ।



    बजार अनुगमनमा वाणिज्य विभाग, प्रदेश सरकारका विभाग र स्थानीय तह र ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन सुरु गरिएको विभागले बताएको छ । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले एकै दिन देशैभरका ७१ वटा कम्पनीलाई कारबाही गरेको बताए ।

    यसक्रममा विभागले २५ वटा फर्मको अनुगमन गर्दै ९ वटालाई कारबाही गरेको छ । यस्तै, प्रदेश १ को वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० वटा कम्पनीको अनुगमन गरेको छ । यस्तै मधेस प्रदेश, लुम्बिनी प्रदेश तथा विभिन्न प्रदेशमा रहेका प्रादेशिक विभागमार्फत बजार अनुगमन गरिएको शर्माको भनाई छ । यस्तै ७७ वटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई तीव्रता दिइएको विभागको भनाई छ ।


    अर्थ चाैतारी
  • शनिबार, १८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट