logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिन्छः राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख श्रेष्ठ

    आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिन्छः राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख श्रेष्ठ

    2.2K
    SHARES
    आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिन्छः राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख श्रेष्ठ

    काठमाण्डौ । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र आयातमुखी भएकाले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिने बताएका छन् ।



    शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷८०को बजेट विषय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको प्रष्ट पारे ।

    प्रमुख श्रेष्ठले नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी संन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भर पर्नु पर्ने अवस्था बढेको बताए । उनले यस्तो अवस्थालाई सुधार गरेर अहिलको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नु पर्ने बताए ।

    डा.श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताए । उनले पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको बताए । उनले आगामी महिनामा ९० अर्ब भन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको प्रष्ट पारे ।

    नेपालबाट विद्युत निर्यात हुन थालेको तथा नेपाली सिमेण्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दवाव कम हुन सक्ने आकलन गरिएको उनको भनाई छ । उनले अर्थतन्त्र दबाबमा रहेपनि तत्काल आतिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

    त्यस्तै, अर्थविद् डा.गोविन्द नेपालले अत्याधिक मूल्यवृद्धिको कारण आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्ने बताए । उनले सरकारले आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरुलाई गरिबीको रेखमाथि पु¥याउने भने पनि अहिलको अर्थतन्त्र र मूल्यवृद्धिको कारण ठिक उल्टो हुने देखिएको बताए । डा.नेपालले सरकारले पछिल्ला समय बढ्दै गएको नीतिगत भष्टाचार नियन्त्रण गर्न नसके अर्थतन्त्र समाप्त हुने बताए ।

    अर्थविद् नेपालले अघिल्लो ओली सरकारको जस्तो मुलुकलाई निश्चित गन्तव्यमा पु¥याउने योजना र भिजन दुबै नभएको दाबी समेत गरे ।


    अर्थ चाैतारी
  • आइतबार, १९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट