logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • इक्राबाट लुम्बिनी विकास बैंकले पायो ‘डबल बी प्लस’ रेटिङ, यसले के संकेत गर्छ ?

    इक्राबाट लुम्बिनी विकास बैंकले पायो ‘डबल बी प्लस’ रेटिङ, यसले के संकेत गर्छ ?

    1.7K
    SHARES
    इक्राबाट लुम्बिनी विकास बैंकले पायो ‘डबल बी प्लस’ रेटिङ, यसले के संकेत गर्छ ?

    काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले लुम्बिनी विकास बैंकलाई (इक्राएनपी–आईआर) बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।



    उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, उसले भनेको छ।

    रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर) बीबी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) बीबी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट