logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • निजी क्षेत्रलाई समेट्ने खालको मौद्रिक नीति ल्याउन नेपाल निर्यात व्यवसायीको माग

    निजी क्षेत्रलाई समेट्ने खालको मौद्रिक नीति ल्याउन नेपाल निर्यात व्यवसायीको माग

    2.3K
    SHARES
    निजी क्षेत्रलाई समेट्ने खालको मौद्रिक नीति ल्याउन नेपाल निर्यात व्यवसायीको माग

    काठमाण्डौ । नेपाल निर्यात व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति निजी क्षेत्रलाई समेट्ने खालको हुनुपर्ने सुझाव दिएको छ।



    महासंघका तर्फबाट अध्यक्ष रामबहादुर गुरुङले आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर निर्यात क्षेत्रका लागि मौद्रिक नीतिले गर्नु पर्ने व्यवस्थाहरुको बारेमा सुझाव पेस गरेका छन्।

    अध्यक्ष गुरुङले नेपालको निर्यात क्षेत्रमा कोभिड–१९ को प्रभाव नसकिँदै अर्थतन्त्रमा तरलता अभाव देखिएकाले व्यवसायी अप्ठ्यारोमा परेको बताए। उनले देशको आर्थिक गतिविधि सञ्चालनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको जनाउँदै निजी क्षेत्रलाई समेट्ने गरी मौद्रिक नीति ल्याउन माग गरे।

    यसैगरी, अध्यक्ष गुरुङले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पुर्नरकर्जा सुविधालाई निरन्तरता दिनुपर्ने पनि माग राखेका छन्। उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीलाई बिना कारबाही ऋण तिर्ने समय एक वर्ष थप गरिदिन माग गरेका हुन्।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट