logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • बजारमा दोहोरो अंकको सुधार, यसका कारण लगानीकर्ताहरु अन्यौलमा

    बजारमा दोहोरो अंकको सुधार, यसका कारण लगानीकर्ताहरु अन्यौलमा

    3K
    SHARES
    बजारमा दोहोरो अंकको सुधार, यसका कारण लगानीकर्ताहरु अन्यौलमा

    काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १३.३३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४३.९२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेर ३८८.९१ को विन्दुमा उक्लिएको छ। आज २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।



    आज वित्त समूह सर्वाधिक २.७२ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह २.६८ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६१ प्रतिशत, विकास बैंक समूहमा २.११ प्रतिशत, जलविद्युत समूहमा १.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४ प्रतिशत, अन्य समूहमा १.४३ प्रतिशत, लघुवित्त समूहमा ०.२४ प्रतिशत र लगानी समूहमा ०.३३ प्रतिशतको बढोत्तरी भएको छ। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.५६ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०५ प्रतिशतले गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ६२ लाख ६३ हजार ३१० कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ रुपैयाँमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक ११ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिभिल बैंकको १० करोड ५४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड २६ लाख रुपैयाँ, अप्पर तामाकोशीको ८ करोड ६९ लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड ७४ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड ३० लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५ करोड ३२ लाख रुपैयाँ, एसिएन लाइफ इन्स्योरेन्सको ५ करोड ९ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    यो दिन २ वटा कम्पनीको सेयमूल्यमा पोजिटिभ सर्किट लागेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमूल्यमा १० प्रतिशत तथा सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। आज स्वाभिमान लघुवित्तका सेयरधनीहरुले गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा घटेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट