logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • अप्पर सोलु हाइड्रोको आईपीओ भर्ने समय आज सकिँदैछ समय

    अप्पर सोलु हाइड्रोको आईपीओ भर्ने समय आज सकिँदैछ समय

    2K
    SHARES
    अप्पर सोलु हाइड्रोको आईपीओ भर्ने समय आज सकिँदैछ समय

    काठमाण्डौ । अप्पर सोलु इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय आज बिहीबार सकिँदैछ।



    यही असार २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय बिहीबार सकिन लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो।

    निष्काशन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत् पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट