logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • काठमाण्डौमा आजबाट साझाका बिजुली बस सञ्चालनमा आउने

    काठमाण्डौमा आजबाट साझाका बिजुली बस सञ्चालनमा आउने

    2.5K
    SHARES
    काठमाण्डौमा आजबाट साझाका बिजुली बस सञ्चालनमा आउने

    काठमाण्डौ । साझा यातायातका बिजुली बस आज (बिहीबार)बाट काठमाण्डौमा सञ्चालनमा आउने भएको छ।



    साझा यातायातले पहिलो चरणमा ल्याएका तीनवटा बिजुली बस सञ्चालन गर्ने भएको हो। बिहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसले औपचारिक रुपमा सेवा शुभारम्भ गर्नेछन्। यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ। चीनको सीएचटीसीएचओ कम्पनीले यी बिजुली बस तयार गरेको हो। चीनमै ग्रेडबिलिटी टेस्ट (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि ती बस साझाले नेपाल भित्र्याएको हो।

    अब बाँकी ३७ वटा बिजुली बस पनि ल्याउने तयारीमा साझा रहेको छ। साझाले प्रतिबस १ करोड ५० रुपैयाँ सीएचटीसीएचओलाई तिरेको छ। हाल सञ्चालनमा आउन लागेको बिजुली बस ९ मिटर लामो छ। अब किनिने बस १२ मिटर लामा हुने साझाले जनाएको छ।

    अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाण्डौमा आएका छन्। यी बसमा वाइफाइ, टीभी डिस्प्ले, सीसीक्यामेरालगायतका विशेषता पनि छन्। अपांगहरु चढ्न मिल्ने र्याम्पको सुविधा पनि छ। सीएचटीसीएचओसँग चार्जसहित ५ वर्षसम्म सबैखालको मर्मत सुविधा पनि दिनुपर्ने गरी खरिद सम्झौता भएको साझाले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट