logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

    बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

    1.9K
    SHARES
    बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

    काठमाण्डौ । सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १६.६० अंकले ओरालो लागेको हो। योसँगै २०२७.३२ को विन्दुमा झरेको छ।



    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४२ अंकले घटेर ३८५.४९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.६६ प्रतिशतले उकालो लागेको छ।

    आज अन्य समूह सर्वाधिक १.४३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६३ प्रतिशत, व्यापार समूहमा १.११ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१६ प्रतिशत, जलविद्युत समूहमा ०.६७ प्रतिशत, वित्त समूहमा ०.४९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८३ प्रतिशत, लघुवित्त समूहमा ०.८४ प्रतिशत, जीवन बीमा समूहमा १.१३ प्रतिशत र लगानी समूहमा ०.७९ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता सेयर १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६५ रुपैयाँमा किनबेच भएका छन्। यो दिन लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सर्वाधिक ७ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ६ करोड ३० लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ६ करोड २५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ९० लाख रुपैयाँ, अप्पर तामाकोशीको ५ करोड ८२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ४ करोड ७० लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड ६३ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ३७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ५ लाख रुपैयाँ र किसान लघुवित्तको संस्थापक सेयरको ४ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज माउन्टेन हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ। यो दिन समिट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ। लिवर्टी इनर्जीको सेयरभाउ पनि ५ प्रतिशतले घटेको छ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट