logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • घातक रोगको बीमा गरेका ३ ग्राहकले एनआईसी एसियाबाट पाए ३० लाख भुक्तानी

    घातक रोगको बीमा गरेका ३ ग्राहकले एनआईसी एसियाबाट पाए ३० लाख भुक्तानी

    2.8K
    SHARES
    घातक रोगको बीमा गरेका ३ ग्राहकले एनआईसी एसियाबाट पाए ३० लाख भुक्तानी

    काठमाण्डाै । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका ३ ग्राहकलाई घातक रोगको बीमाबापत ३० लाख रुपैयाँ भुक्तानी गरेको छ।



    उनीहरुलाई प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको हो। बीमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भू शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका प्रचण्डजंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ छन्। उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमका बीच बीमा रकमबराबरको चेक हस्तान्तरण गरे। बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो।

    यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार १ सय ३७ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमाबापत २ करोड ४० लाख, दुर्घटना बीमाबापत ४० लाख र मेडिकल बीमाबापत २ करोड ६९ लाख गरी कुल ५ करोड ४९ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ। बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक महानुभावहरू सामू ल्याएको छ।

    बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटीजीएस, आईपीएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक एवं निजले मनोनीत गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट