logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • एनआईबिएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सहकार्य गर्ने समझदारी

    एनआईबिएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सहकार्य गर्ने समझदारी

    4.2K
    SHARES
    एनआईबिएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सहकार्य गर्ने समझदारी

    काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रालिबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहक लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारी भएको छ।



    समझदारीपत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनका तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात दुवै संस्थाका ग्राहकको व्यावसायिक जटिलताको बृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानीसम्बन्धी सम्पूर्ण सेवाहरुसमेत प्रभावकारी रुपमा ग्राहकलाई उपलब्ध गराइने भएको छ।

    भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानीसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा सञ्चालन गरिनेसमेत जानकारी गराइएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट