logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मेरो शेयर एप अब आईओएसमा पनि, साउनबाट प्रयोग गर्न सकिने

    मेरो शेयर एप अब आईओएसमा पनि, साउनबाट प्रयोग गर्न सकिने

    2K
    SHARES
    मेरो शेयर एप अब आईओएसमा पनि, साउनबाट प्रयोग गर्न सकिने

    काठमाण्डाै । केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)ले सञ्चालनमा ल्याएको मेरो शेयर एप अब आईओएसमा पनि उपलब्ध हुने भएको छ।



    सिडिएससिले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएस मार्फत उक्त एप उपलब्ध गराउने बताएको छ। “नयाँ आर्थिक वर्षबाट हामी आईओएस मार्फत मेरो शेयर एप उपलब्ध गराउने छौ” सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले मेरो लगानी सँग भने।

    यस अघि नै सिडिएससिले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताकोलागि उक्त एप सञ्चालनमा ल्याएको थियो। तर एप्पलका प्रयोगकर्ताले भने उक्त एप डाउनलोड गर्नबाट वञ्चित हुँदै आएका थिए। सोही अवस्थालाई मध्यनजर गर्दै सिडिएससिले एप्पलका प्रयोगकर्ताकोलागि पनि उक्त एप उपलब्ध गराउन लागेको जनाएको छ।

    मेरो शेयर एप मार्फत लगानीकर्ताले शेयर विवरण, बजार पोर्टफोलियो मूल्य, आइपिओ, एफपीओ, हकप्रद सेयर आवेदन, भारित औसत लागत गणना, इडीआइएस जस्ता सुविधा प्राप्त गर्न सक्ने छन्। जसले लगानीकर्तालाई शेयर कारोबारमा थप सहजता प्रदान गर्ने बताइएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट