logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • गरिमा विकास बैंकको ‘बोनस सेयर’ सेयरधनीको खातामा जम्मा हुन ढिलाइ, यस्तो छ कारण

    गरिमा विकास बैंकको ‘बोनस सेयर’ सेयरधनीको खातामा जम्मा हुन ढिलाइ, यस्तो छ कारण

    3.5K
    SHARES
    गरिमा विकास बैंकको ‘बोनस सेयर’ सेयरधनीको खातामा जम्मा हुन ढिलाइ, यस्तो छ कारण

    काठमाण्डौ । गरिमा विकास बैंकको करिब साढे ३ महिनाअघि भएको वार्षिक साधारणसभाबाट पारित १६ प्रतिशत बोनस सेयर अहिलेसम्म पनि सेयरधनीको खातामा आइपुुगेको छैन।



    गत चैत १८ गते पोखरास्थित होटेल पोखरा ग्रान्डमा बैंकको १५ औँ वार्षिक साधारणसभाबाट पारित गत आर्थिक वर्षको बोनस सेयरधनीको डिम्याट खातामा जम्मा नभएको हो। वार्षिक साधारणसभा भएको लामो समय बितिसक्दा पनि बैंकले डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको भन्दै लगानीकर्ताले गुुनासो गर्न थालेका छन्। ‘यो आर्थिक वर्ष सकिन लागिसक्यो तर गरिमा विकास बैंकले गत आर्थिक वर्षकै बोनस सेयर जम्मा गरिदिएको छैन’, एक लगानीकर्ताले भने, ‘यसमा बैंक प्रशासनको ध्यान जाओस्।’

    बैंकका सीईओ गोविन्दप्रसाद ढकालले यही असार महिनाभित्रै सेयरधनीको खातामा बोनस सेयर पठाइने बताए। ‘सहारा विकास बैंकलाई गाभेपछि कायम गरिएको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ५१ः४९ कायम गर्न प्राविधिक समस्या देखिएपछि राष्ट्र बैैंकले निर्णय गर्न नसकेको हो’, उनले भने, ‘यो अनुपात मिलाउन हामीले राष्ट्र बैंकलाई १ लाख ९ हजार कित्ता संस्थापक सेयरको अक्सन गर्नुपर्छ भन्नेबारे जानकारी गराएका छौँ। छिट्टै राष्ट्र बैंकले यसमा निर्णय लिनेछ र यही महिनाभित्र सेयरधनीको खातामा बोनस सेयर जम्मा हुनेछ।’ सहारालाई गरिमाले १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट