logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • २२.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

    २२.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

    2.5K
    SHARES
    २२.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असार २८ गते (मंगलबार) २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।



    केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल असोज २५ गते परिपक्व हुनेछ।

    यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन पुुस १६ परिपक्व हुनेछ। त्यस्तै राष्ट्र बैंकले ३६४ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०८० असार २६ गते परिपक्व हुनेछ।

    यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट