logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • प्रभु बैंक र अल्फा हेल्थ केयरबीच आकर्षक छुट सम्झौता

    प्रभु बैंक र अल्फा हेल्थ केयरबीच आकर्षक छुट सम्झौता

    1.7K
    SHARES
    प्रभु बैंक र अल्फा हेल्थ केयरबीच आकर्षक छुट सम्झौता

    काठमाण्डौ । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एन्ड डाइगोनोस्टिक सेन्टर प्रालिबीच आज (असार २४ गते) विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।



    बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयरका तर्फबाट वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले अल्फा हेल्थ केयरद्वारा सञ्चालित सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने छन्।

    यसका साथै थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझावअनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ। प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट फार्मेसीबाट पाउनछन्। यसैगरी २ हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरेबापत (५ कि.मि.) को दूरीसम्म निःशुल्क डेलिभरीको व्यवस्था गरिएको छ।

    उतm सम्झौताअन्तर्गत अल्फा हेल्थ केयरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अल्फा हेल्थ केयरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट