काठमाण्डाैं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिसाइन नामक अनलाइन वेब पोर्टल सुरु गरेको छ । एकल द्वार प्राणलि मार्फत आफ्ना ग्राहकहरूलाई विभिन्न नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने उद्येश्यले पोर्टल सुरु गरिएकाे कम्पनीले जनाएकाे छ ।
वेब पोर्टल मार्फत ग्राहकहरूले अनलाइन खाता खोल्न र मोबाइल बैंकिङ जस्ता सेवाहरूको लागि आवेदन दिन सक्ने छन्। इन्टरनेट बैंकिङ, क्यूअार (QR) कोड, डेबिट कार्ड, डिम्याट, र मेराे सेयर (MyShare) भौतिक रूपमा बैकमा उपस्थीत नभएरै अनलाइनमा https://webservices.srdb.com.np/ मार्फत गर्न सकिने गरी डिजी शाइन वेब पोर्टल संचालनमा ल्याएकाे हाे। साथै वेब पाेर्टल मार्फत CRN जस्ता निःशुल्क सेवाहरूको लागि पनि दर्ता र जानकारी, QR कोड दर्ता र पासवर्ड रिसेट समेत गर्न सकिने छ ।
यस प्रकारको सेवाले आफ्ना ग्राहकहरूका लागि थप मूल्य सृजना गर्ने र संस्कृतिलाई बढावा दिने बैकले विश्वास लिएकाे छ। बैंकले हाल डेबिट प्रयोग गरेर नि:शुल्क नगद झिक्ने सुविधा दिइरहेको छ । भिसा नेटवर्कमा जोडिएको कुनै पनि बैंक वा वित्तीय संस्थाका एटिम मार्फत निःशुल्क डेबिटबाट रकम निकाल्न सकिने छ ।
शाइन रेसुङ्गा विकास बैंकको मुख्यालय रुपन्देही जिल्लाको बुटवलमा रहेको छ । शहरी र ग्रामीण ग्राहकहरूको लागि सजिलो वित्तीय पहुँचलाई प्राथमिकता दिन बैकले अाधुनिक प्रविधि पछ्याउँदै अाएकाे छ । बैंकले हाल ८४ शाखा कार्यालय, १ एक्सटेन्सन मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैकले ५ प्रदेशमा काउन्टर र १५ एटीएम नेटवर्क र थप २ वटा एटीएम टर्मिनलहरू संचालनकाे तयारीमा रहेका छन् ।
अर्थ चाैतारी ।