logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • द लेकसाइड रिट्रिटमा कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप

    द लेकसाइड रिट्रिटमा कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप

    2.4K
    SHARES
    द लेकसाइड रिट्रिटमा कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप

    काठमाण्डौ । आइएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ । सुबिधा सम्पन्न ४ वटा प्रिमियम कटेजसहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङपुल, बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुबिधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए ।



    पहिले नै स्विमिङपुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए । हरियालीसहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्रकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी हुने उनको भनाइ छ ।

    आइएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिट्यालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु सन्चालनको तयारीमा समेत गरिरहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १८ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट