logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने बम्पर उपहार विजेता

    इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने बम्पर उपहार विजेता

    2.5K
    SHARES
    इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने बम्पर उपहार विजेता

    काठमाण्डौ । इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको ‘रेमिटोत्सव’ योजना सम्पन्न गरेको छ। वैशाख १ बाट प्रारम्भ भएको योजना साउन ४ गतेसम्म सञ्चालन भएको थियो । योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने रहेको थियो ।



    ‘वैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ’ मूल नाराका साथ सम्पन्न योजनामा १४ हप्ता सम्म विश्वका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप रु. ५,००० प्रदान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै बम्पर विजेता कतारमा रहेका गोर्खाका कमल कमर भएका छन् । उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।

    इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘नयाँ वर्षको २०७९ को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमूलक योजना – रेमिटोत्सव सफलता पुर्वक सम्पन्न गर्न पाएकोमा हामी खुशी छौँ । रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन । त्यसैले हामीले यस योजना मार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल संदेश दिएका छौँँ ।

    इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपछि आइफोन जित्ने चान्स अफर लिएर ल्याएको छ । विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमूलक यस अफरमा पठाउनेले आइपफोन १३ जित्न सक्नेछन् भने नेपालमा प्राप्त गर्ने व्यक्तिले रु. १०० बोनस पाउनेछन् । त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेट्मा प्राप्त गरि सेवाग्राहीले रु. २०० को बोनस समेत प्राप्त गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट