logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक

    आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक

    2.6K
    SHARES
    आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक

    काठमाण्डौ । भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । जसमा सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको कम्पनीले जनाएको छ ।



    भिभो नेपालका सीईओ माइकलले भने, “युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ । वाई शृङ्खलाका स्मार्टफोनहरू “अन द गो” मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । उत्कृष्ट ५०००एमएएच ब्याट्रीले सुसज्जित, हालै लन्च गरिएको वाई१५सी सधैं अमूल्य साथी साबित हुनेछ । यो स्मार्टफोनको अन्य उल्लेखनीय सुविधाहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशाली एआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ ।”

    वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७,९९९ मा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट