काठमाण्डौ । रियलमीको नार्जो सिरिज अन्तर्गत ‘नार्जो ५०ए प्राइम’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । अल्ट्रा-स्लिक डिजाइन भएको यो फोनको तौल १९२.५ ग्राम छ ।
फोनमा ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामेरा राखिएको छ, जसमा सुपर क्लोज फोकस भएका म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजरसहितको ब्ल्याक एन्ड ह्वाइट लेन्स रहेको छ । साथै सेल्फीका लागि मोबाइलमा ८ मेगापिक्सेलको क्यामेरा छ ।
६.६ इन्चको फुल एचडी डिस्प्ले रहेकाे फोन युनिसक टी६१२ प्रोसेसरबाट सञ्चालित छ । यसमा ५००० एमएएच ब्याट्री दिइएकाे छ, जुन स्ट्यान्डबाई मोडमा ३९ दिनसम्म टिक्ने कम्पनीकाे दाबी छ । ४ जीबी र्याम र १२८ जीबी स्टोरेजमा याे फाेन २१ हजार ७९९ रुपैयाँ किन्न सकिन्छ ।
अर्थ चाैतारी ।