logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सरकारद्वारा कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत

    सरकारद्वारा कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत

    2K
    SHARES
    सरकारद्वारा कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत

    काठमाण्डौ । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ। गत साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सबै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत भएको जानकारी गराएका हुन्। आर्थिक वर्ष २०७९–८० को नयाँ तलबमान र ग्रेड साउन १ गतेदेखि लागू हुने गरी सरकारले स्वीकृत गरेको उनले बताए।



    सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत भएको कार्कीले बताए। चालु आर्थिक वर्षको बजेटमार्फत साउन १ गतेदेखि लागू हुने गरी सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिएको छ।

    उता बजेटमा तोकिएभन्दा असमान ढंगले तलबवृद्धि गरिएको भन्दै नासु स्तरका कर्मचारीहरु भने आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आज पनि आन्दोलन जारी राखेका छन्। अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर १५ प्रतिशतभन्दा बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीको तलब १५ प्रतिशतअनुसार नै हुने गरी कायम गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको भन्ने सार्वजनिक भएपछि नासुहरुआन्दोलनमा उत्रिका हुन्।


    अर्थ चाैतारी
  • आइतबार, २९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट