logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाल टेलिकमले कमायो ८ अर्ब बढी नाफा, प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ

    नेपाल टेलिकमले कमायो ८ अर्ब बढी नाफा, प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ

    1.9K
    SHARES
    नेपाल टेलिकमले कमायो ८ अर्ब बढी नाफा, प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ

    काठमाण्डौ । नेपाल टेलिकमले एक वर्षमा ८ अर्ब बढी नाफा गरेको छ । कम्पनीले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।



    गत आवमा कम्पनीले ८ अर्ब ३८ करोड ८९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७.५४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त अवधिमा कम्पनीको आम्दानी ५.४४ प्रतिशतले वृद्धि भई ३७ अर्ब ८८ करोड ९९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको अन्य आम्दानी ६ अर्ब ४३ करोड १४ लाख रुपैयाँ र कुल आम्दानी ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

    कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ७७ अर्ब ६ करोड ३२ लाख ८३ हजार रुपैयाँ राखेको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी झिनो गिरावट आई ४६ रुपैयाँ ५६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ३० साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट