logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नाडा इभी अटो शोः सवारी साधनको मूल्य सर्वसाधरणको पहुँच बाहिर, प्रवेश गर्न टिकट काट्नु पर्ने

    नाडा इभी अटो शोः सवारी साधनको मूल्य सर्वसाधरणको पहुँच बाहिर, प्रवेश गर्न टिकट काट्नु पर्ने

    2.2K
    SHARES
    नाडा इभी अटो शोः सवारी साधनको मूल्य सर्वसाधरणको पहुँच बाहिर, प्रवेश गर्न टिकट काट्नु पर्ने

    काठमाण्डौ । नाडा इभी अटो सोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणको पहुँच भन्दा बाहिर रहेको अवलोकनकर्ताहरुले गुनासो गरेका छन् । उसो त नाडाले प्रवेश शुल्क भन्दै गेट बनाएर प्रति व्यक्ति १५० देखि २ सय रुपैयाँ उठाउँदै आएको ।



    नाडा इभी अटो शो मा प्रवेशमा नै रुपैया उठाउन थालिएको भन्दै धरै जसो दर्शक प्रवेश नै नगरी फर्किने गरेका छन् । नाडा इभी अटो शो संगै भृकुटि मण्डपको चौरमा डिजि पेले सेल मेला लगाएको छ । त्यस्तै सोहि चौरमा गोल्छाको हुलास एण्ड हंसराज मोटर्सले बजाज एक्सचेन्ज मेला नै लगाएको छ । नाडा इभी अटो शोमा इभी सवारी साधन बारे बुझ्न आएका अधिकांश मानिसहरु यि दुबै मेलामा भेटिने गरेका छन् ।

    सुरू भयो नाडा ईभी अटो शो, यस्ता छन् प्रदर्शनीमा राखिएका विद्युतीय सवारीसाधन (फोटो फिचर)

    नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलोपटक नेपालमा इभी अटो शो आयोजना गरेकोमा अवलोकन कर्ताहरुले भने सर्वसाधरणको पहुँचभन्दा बाहिर विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य रहेको गुनोि गरेका हुन् । प्रदर्शनी विद्युतीय सवारी साधन सर्वसाधारणको पहुँचमा पुर्याउने र पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीमा प्रतिस्थापन गर्ने उदेश्य भएपनि सार्वसाधरणको पहुँच भन्दा माथि मूल्य भएको सर्वसाधरणले गुनासो गरेका छन् । अवलोकन गर्न आउने सर्वसाधरणहरुले प्रदूषण कम गर्न र पेट्रोलिय पदार्थको विकल्प खोज्नुपर्ने अवस्था भएपनि विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणले सोचेको भन्दा बढी भएको बताए ।

    सुरू भयो नाडा ईभी अटो शो, यस्ता छन् प्रदर्शनीमा राखिएका विद्युतीय सवारीसाधन (फोटो फिचर)

    विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य न्युनतम २ लाख ५० हजारदेखि ६ लाखभन्दा माथिसम्म पर्ने भएकाले सर्वसाधारणले किन्ने पहुँच नहुँदा हेर्नु बाहेक केही नभएको सर्वसाधारणहरुको गुनासो रहेको छ । काठमाडौंको कपनबाट नाडा इभी शो अलोकन गर्न आएका उत्तम गुरुङले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सामान्य नागरिकको पहुँच भन्दा बाहिर रहेको बताए । उनले १०० किलो मिटरमात्रै गुड्ने र एक जनामात्रै चढ्न मिल्ने विद्युतीय बाइकको मूल्य ६ लाख रुपैयाँभन्दा माथि पर्ने भएको विद्युतीय बाइक आम जनमुखी नभएको बताए ।

    गुरुङले विद्युतीय सवारी साधन जनतालाई विलासिता भन्दा पनि आवश्यकता भएकाले सर्वसाधरणले किन्नसक्ने मूल्य हुनुपर्ने बताए । उनले अबको युग विद्युतीय सवारी साधनको भएपनि जनताले सहज रुपमा लाभ लिने खालको अवस्था नभएको भन्दै सरकारले पनि विद्युतीय सवारी साधनलाई भन्सार शुल्क लगायत सहुलियत गरेर सर्वसाधरणको पहुँचमा पुग्नेगरी सस्तो मूल्यमा विद्युतीय बाइक गाडी उपलब्ध गराउन सक्नुपर्ने बताए । पैसा हुनेहरुका लागि महँगो बाइक वा गाडी चड्ने भएता पनि सर्वसाधरणका लागि मूल्य कम हुनुपर्ने गुरुङको भनाई छ ।

    सुरू भयो नाडा ईभी अटो शो, यस्ता छन् प्रदर्शनीमा राखिएका विद्युतीय सवारीसाधन (फोटो फिचर)

    त्यस्तै, अर्का शो अवलोकन कर्ता सञ्जय श्रेष्ठले पेट्रोलियम बाइक वा स्कुटरभन्दा लागतको हिसावले विद्युतीय सस्तो भएको पाएपनि खरिद मूल्य भने महँगो पाइएको बताए । उनले अहिले नयाँ नयाँ टेक्नोलोजी आएकाले अब विद्युतीय सवारी साधनमा जानुको विकल्प नभएको बताए । उनले सबै सर्व साधरण जनताको पहँुचमा पु¥याउनको लागि सरकारले मुख्य भुमिका खुल्नुपर्ने बताए । श्रेष्ठले सरकारले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको कित्ता वा पेट्रोलियम पदार्थ भर्दा जस्तै भुक्तानी गर्न मिल्ने प्रणाली लागू गरे सबैको पहुँचमा पुग्ने बताए । त्यस्तै, शो अवलोकन कर्ता विष्णु पोखरेलले पेट्रोलियम बाइकभन्दा विद्युतीय बाइकको मूल्य महँगो नै पाइएको बताए । उनले विद्युतीय दुईपाङ्ग्रे सवारी साधन किन्दा महँगो भएपनि किनेपछि फाइदा रहेको पनि बताए । उनले बिस्तारै विद्युतीय सवारीको माग बढ्दै जाँदा मुल्य कम हुँदै जाने अपेक्षा रहेको बताए ।

    नाडा इभी अटो शोः सवारी साधनको मूल्य सर्वसाधारणको पहुँच बाहिर रहेको गुनासो

    यता नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाले स्वयम आफँैले पनि पेट्रोलियको तुलनामा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य महँगो महशुस हुने गरेको बताए । उनले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ब्याट्री महँगो भएको कारण महँगो भएको बताउनु भयो । अध्यक्ष थापाले दुई पाङ्ग्रे सवारी साधनमा त्यस्तो भएपनि चार पाङ्ग्रे विद्युतीय सवारी साधनमा त्यस्तो नभएको बताए । उनले विदेशमा हेरी नेपालमा विद्युतीय सवारी साधनको मूल्य कम रहेको दाबी गरे । उनले विद्युतीय सवारी साधनको बजार प्रतिष्पर्धा हुँदै जाँदा क्रमश कम हुँदै जाने बताए । अध्यक्ष थापाले विद्युतीय सवारी साधनको मूल्य कम गर्नको लागि सरकारले किलोवाडमा नभएर भन्सार दर खरिद गरेको मूल्यको आधारमा लागू गर्नुपर्ने बताए ।

    नाडा इभी अटो शोमा याडियाका तीन इलेक्ट्रिक स्कुटर, कुन मोडेल कस्तो ? (मूल्य र फिचर्ससहित) « Artha Path

    त्यस्तै सुपर सोको नेपाल कम्पनीकी बजार व्यवस्थापक स्वस्तिका भट्टराईले विद्युतीय स्कुटरमा लिथियममाइन ब्याट्री प्रयोग हुने भएकाले पेट्रोलियम स्कुटर भन्दा केही महँगो नै भएको बताइन् । उनले विद्युतीय स्कुटर महँगो भएपनि एक पटक मात्रै लगानी गर्दा हुने बताइन् । त्यस्तै, एमएम आई मोटर्स कम्पनीका निर्देशक सन्जीव सिल्पकारले पेट्रोलियम बाइक स्कुटरको तुलनामा सस्तो र महँगो दुबै रहेको बताए । उनले विद्युतीय सवारी बाइकहरुको टेक्नोलोजी महँगो भएकाले मुल्य पनि महँगो भएको बताए ।

    नाडा इभी अटो शो आजबाट सुरु « Clickmandu

    गत असोज ६ गते बिहीवारदेखि शुरु भएको शो आज सकिएको छ । चार दिनसम्म चलेको शोमा २५ हजार भन्दा बढी अवलोकनकर्ताहरुको शो अवलोकन गरेको गरेको नाडाले बताएको छ । पछिल्लो समय पेट्रोल र डिजेलको मूल्य अत्याधिक बढी रहेको अवस्थामा पेट्रोल र डिजेलबाट चल्ने सवारी प्रतिस्थापनको लागि विद्युतीय सवारी साधन विकल्प बन्न थालेको छ । इभी अटो शोमा विभिन्न देशमा उत्पादन भएको विद्युतीय सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएका कम्पनीहरुले उत्साहपूर्वक सहभागी जनाएका थिए । विद्युतीय अटो शोमा विद्युतीय चार पाङ्ग्रे गाडी, तीन पाङ्ग्रे सवारी साधन र दुई पाङ्ग्रे्र सवारी साधनको प्रदर्शनमा राखिएको थियो । विद्युतीय स्कटुर वा मोटर साइकलको मूल्य २ लाखदेखि पाँच लाखसम्म पर्ने बाइक राखिएको थियो ।

    यी हुन् इभी अटो शोमा राखिएका आकर्षक स्कुटर तथा मोटरसाइकल, कुनको मूल्य कति ? « Clickmandu

     


    अर्थ चाैतारी
  • सोमबार, १० असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट